History
कुशवाहा बुद्धिजिवी सेवा समाज, नेपाल(किस नेपाल)
Kushwaha Intellectual Service Society, Nepal (KISS Nepal)
मण्डिखाटार-०९, काठमाण्डौ
परिचय
कुशवाहा समाजको सर्वोत्तम हित र सम्मुन्नतिको पारस्परिक सुसम्बन्ध, समन्वय र सन्तुलन कायम गरी यस समुदायमा रहेका शिक्षा, स्वास्थ्य र सामाजिक चेतनाको अभावलाई हटाई समाजको आर्थिक एवं शैक्षिक स्तर उकास्ने एक मात्र हाम्रो प्रमुख लक्ष्य प्राप्त गर्न ईमान्दारीका साथ हक र अधिकारको सदुपयोग गरी आ-आफ्नो काम, कर्तव्य तथा जिम्मेवारीलाई क्रियात्मक रूपमा सञ्चालित गर्ने दिशामा आकर्षित, लक्षित एवं केन्द्रित गर्न दृढ संकल्प लिई नेपाल अधिराज्यभित्र बसोवास गर्ने सम्पुर्ण कुशवाहा बुद्धिजिवीहरू एक ढिक्का भई कुशवाहा समाजमा देखा पर्न सक्ने सम्पुर्ण विकृति एवं असंगतिहरुलाई हटाउन, छुट्टै पहिचान बनाई कार्य गर्न र कुशवाहा समाजलाई दिशानिर्देश गर्ने उदेश्यले मिति २०६६ चैत्र २३ गतेका दिन यस समाजको स्थापना भएको हो। यस संस्थाको नाम नेपालीमा “कुशवाहा बुद्धिजिवी सेवा समाज, नेपाल तथा अंग्रेजीमा “KUSHWAHA INTELLECTUAL SERVICE SOCIETY, NEPAL र छोटकरीमा KISS Nepal रहेको छ । स्थापनाकाल देखि स्वतन्त्र रूपमा अगाडी बढ्दै कुशवाहा समाज भित्रका अनेक संगठनहरूसंग एकताको पहल गर्दै २०७३ सालको ढल्केवर एकता अधिवेशनबाट यो संस्था नेपाल कुशवाहा कल्याण समाजको भातृ संगठनको रूपमा उदेश्य अनुसारको काम गर्दै आइरहेको छ ।
समाजको उदेश्यहरु
- कुशवाहा समुदायलाई संगठित गरी समृद्धिका लागि एक हुन प्रेरित गर्ने ।
- समाजमा शिक्षा, स्वास्थ्य र चेतना विकासमा जागृत गराई महिला सशक्तिकरणमा जोड दिने ।
- देश र समाजको नाममा बिशेष योगदान दिने ब्यक्तिलाई सम्मानित गरी हौशला प्रदान गर्ने र सो दिशामा भावी पिढिलाई डोर्याउने ।
- युवा पिढिलाई शिक्षाको महत्व बुझाउन, समाजमा तालिम मार्फत नेतृत्व विकास, राजनीतिक र सामाजिक अधिकार प्राप्तिका लागि चेतनाको विकास गर्ने ।
- शिक्षाकोषको स्थापना गरी गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति तथा उत्कृष्टलाई पुरस्कृत गर्ने ।
- समाजका रचनात्मक गतिविधिबारे विभिन्न सुचनाको माध्यमबाट प्रचार प्रसार गरी प्रोत्साहन गर्ने ।
समाजले हालसम्म सम्पन्न गरेका नियमित तथा मुख्य कार्यहरू
- समाजको सर्बोत्तम हित र एकताका लागि किस नेपालको आह्वानमा हालसम्म पटक पटक गरी १२ पटक पारस्परिक समन्वयात्मक बैठकहरु सम्पन्न भएको छ ।
- समाजको संगठन बिस्तारका लागि विभिन्न जिल्लाहरुमा २५ औं पटक समन्वय बैठकहरू सम्पन्न गरी दश वटा जिल्लाहरुमा किस नेपालको जिल्ला समन्वय समितिहरू गठन भएको छ ।
- समाज द्वारा हिन्दुहरुको महान पर्व शिवरात्रीमा पशुपति क्षेत्र भित्र हाल सम्म २ पटक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
- चाडपर्वहरूको अवसरमा समाज द्वारा नियमित रूपमा प्रत्येक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन हुँदै आईरहेको छ ।
- समाजको उदेश्य अनुसार नियमित रूपमा PhD तथा उत्कृष्ट कुशवाहा सम्मान कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
- समाजको सामाजिक एवं राजनीतिक हकहितका लागि कुशवाहा कल्याण समाजको सहकार्यमा ३ पटक ज्ञापनपत्रहरू बुझाईएको छ ।
- समाजको राजनीतिक, व्यवसायिक तथा नेतृत्व विकासका लागि तालिमहरूको आयोजना गरिदै आएको छ । तालिमको निरन्तरता कायम राख्दै नेतृत्व बिकास तालिमको सन्दर्भमा मिति २०७९ फाल्गुन २७ गते महोत्तरीको बर्दिबास, दिपक पार्टी प्यालेसमा १० वटा जिल्लाको प्रत्येक जिल्ला समन्वय समितिबाट मुख्य छ/छ जना पदाधिकारीहरू गरी जम्मा ८४ जनालाई निःशुल्क तालिम प्रदान गरियो । त्यसै गरी मिति २०८० आश्विन ६ गते सर्लाही जिल्लाको लालबन्दी पार्टी प्यालेसमा सर्लाही जिल्ला भरिबाट जम्मा ७६ जना अगुवा कुशवाहा बन्धुहरूलाई नेतृत्व विकास तालिम प्रदान गरियो ।
समाजद्वारा गठन भएका जिल्ला समन्वय समितिहरू
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, मोरङ ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, सुनसरी ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, सप्तरी ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, सिरहा ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, धनुषा ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, महोत्तरी ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, सर्लाही ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, रौतहट ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, बारा ।
- कुशवाहा बुद्धिजिवी सेवा समाज, जिल्ला समन्वय समिति, पर्सा ।
समाज स्थापनाका लागि गठित सात सदसिय तदर्थ समितिका पदाधिकारीहरू
- श्री देव नारायण महतो, संयोजक
- श्री राम विनोद महतो, सदस्य
- श्री नन्दु प्रसाद कोईरी, सदस्य
- श्री विजय कुमार महतो, सदस्य
- श्री धनन्जय महतो, सदस्य
- श्री कमलेश महतो, सदस्य
- श्री रीता सिंह, सदस्य
समाजको प्रथम साधारण सभाबाट निर्वाचित प्रथम कार्यकारिणी समितिका पदाधिकारीहरू
- श्री देव नारायण महतो, अध्यक्ष
- श्री राम विनोद महतो, उपाध्यक्ष
- श्री नन्दु प्रसाद कोईरी, महासचिव
- श्री राजु कुशवाहा, सचिव
- श्री रीता सिंह, कोषाध्यक्ष
- श्री डा. सबिता सिंह, सह-कोषाध्यक्ष
- श्री डा. दिपक कुमार सिंह, सदस्य
- श्री राम बिहारी महतो, सदस्य
- श्री राज कुमार महतो, सदस्य
- श्री निलम कुमारी सिंह, सदस्य
- श्री बिभा सिन्हा, सदस्य
समाजका वर्तमान केन्द्रिय कार्यकारिणी समितिका पदाधिकारीहरू
- श्री देव नारायण महतो, अध्यक्ष
- श्री नन्दु प्रसाद कोईरी, उपाध्यक्ष
- श्री पुण्य लाल महतो, महासचिव
- श्री रिता सिंह, उप-महासचिव
- श्री हिरा लाल सिंह, कोषाध्यक्ष
- श्री राम रघुवर महतो, सह-कोषाध्यक्ष
- श्री निरन्जन महतो, सदस्य
- श्री सुर्य बहादुर कोईरी, सदस्य
- श्री शिव शंकर महतो, सदस्य
- श्री शिला कुमारी महतो, सदस्य
- श्री वीरेन्द्र कुमार सिंह, सदस्य
किस नेपालको हाल सम्मको विस्तारित कार्यक्षेत्र किस नेपालको अगामी कार्य योजनाहरू
- जिल्ला समन्वय समिति गठन हुन बाँकी रहेका जिल्लाहरुमा यथासिघ्र समितिहरू गठन गर्ने ।
- कुशवाहा बाहुल्य प्रदेशहरूमा प्रदेश समितिहरू गठन गर्ने ।
- प्रदेश तथा जिल्ला समन्वय समितिहरू गठन पश्चात केन्द्रिय महाधिवेशनको मिति तय गरी महाधिवेशन सम्पन्न गर्ने ।
- बार्षिक रुपमा गरिने उत्कृष्ट कुशवाहा सम्मान कार्यक्रम सम्पन्न गर्ने ।
- आवश्यकता अनुसार अधिराज्यभर नेतृत्व विकास तथा व्यवसायिक तालिमहरू सञ्चालन गर्ने ।
- अधिराज्यभरिबाट कुशवाहाहरूको डाटा संकलन गरी बौद्धिक प्रोफाईल तयार गर्ने ।
- समन्वय समिति गठित प्रत्येक जिल्लाहरुको बैंक खाता सञ्चालन गरी आर्थिक गतिविधिहरुलाई पार्दर्शिताका साथ व्यवस्थित गर्ने/गराउने ।
- कुशवाहा समुदायका सक्षम व्यक्तिहरूलाई राजनीतिक रूपमा अग्रसर हुन उत्तप्रेरित गर्ने ।
- सम्पुर्ण कुशवाहा बन्धुहरूलाई समाज भित्र तटस्थ रही अरुलाई तटस्थ रहन लगाई आपसि सदभावका साथ अघी बढ्न प्रेरित गर्ने ।