• +977-1-4370951
  • info@kissnepal.org.np
  • Mandikatar, Kathmandu

Home

Welcome

कुशवाहा समाजको सर्वोत्तम हित र सम्मुन्नतिको पारस्परिक सुसम्बन्ध, समन्वय र सन्तुलन कायम गरी यस समुदायमा रहेका शिक्षा, स्वास्थ्य र सामाजिक चेतनाको अभावलाई हटाई समाजको आर्थिक एवं शैक्षिक स्तर उकास्ने एक मात्र हाम्रो प्रमुख लक्ष्य प्राप्त गर्न ईमान्दारीका साथ हक र अधिकारको सदुपयोग गरी आ-आफ्नो काम, कर्तव्य तथा जिम्मेवारीलाई क्रियात्मक रूपमा सञ्चालित गर्ने दिशामा आकर्षित, लक्षित एवं केन्द्रित गर्न दृढ संकल्प लिई नेपाल अधिराज्यभित्र बसोवास गर्ने सम्पुर्ण कुशवाहा बुद्धिजिवीहरू एक ढिक्का भई कुशवाहा समाजमा देखा पर्न सक्ने सम्पुर्ण विकृति एवं असंगतिहरुलाई हटाउन, छुट्टै पहिचान बनाई कार्य गर्न र कुशवाहा समाजलाई दिशानिर्देश गर्ने उदेश्यले मिति २०६६ चैत्र २३ गतेका दिन यस समाजको स्थापना भएको हो। यस संस्थाको नाम नेपालीमा “कुशवाहा बुद्धिजिवी सेवा समाज, नेपाल तथा अंग्रेजीमा “KUSHWAHA INTELLECTUAL SERVICE SOCIETY, NEPAL र  छोटकरीमा KISS Nepal रहेको छ । स्थापनाकाल देखि स्वतन्त्र रूपमा अगाडी बढ्दै कुशवाहा समाज भित्रका अनेक संगठनहरूसंग एकताको पहल गर्दै २०७३ सालको ढल्केवर एकता अधिवेशनबाट यो संस्था नेपाल कुशवाहा कल्याण समाजको भातृ संगठनको रूपमा उदेश्य अनुसारको काम गर्दै आइरहेको छ।